राजश्व छली भारतबाट चामल भित्र्याइएको विशेष सूचनाको आधारमा वीरगञ्जको वडा नम्वर ११ रानीघाटमा रहेका चामल गोदाममा छापामारी गरी प्रहरीले चामल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताको संयुक्त टोलीले रानीघाटमा रहेका ४ वटा चामल गोदाममा छापामारी गरेको हो । छापामारी गर्दा ठूलो परिमाणमा चामल बरामद भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए । 

बरामद चामल जिल्ला प्रहरी लैजाने काम चलिरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । गोदाम सञ्चालकहरु भने फरार भएको प्रहरीले जनाएको छ ।