जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा होटलको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनाधिकृतमा प्रवेश गराइ जुवा खेलाउदै गरेको भन्ने विशेष सूचनाको अधारमा मिति २०८०।१२।०६ गते अं. १८:३० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित रहेको भिष्वा होटलको क्यासिनोमा प्रवेश गर्न खोज्दा प्रहरी टोलीसंग वादविवाद तथा प्रहरी कारवाहीमा वाधा अवरोध गरेको हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैरहेको ।

पक्राउ विवरणः-

 

१. जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१५ बस्ने वर्ष ३२ को प्रताप लामा । (CMG Club को सेक्युरिटी गार्ड )

२. जि.सर्लाही बरहथवा न.पा.वडा नं.११ बस्ने वर्ष ३४ को उमेश कार्की । ( CMG Club को Marketing Manager)

३. जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ नगवा बस्ने वर्ष ३४ को पप्पु सिंह । ( CMG Club को फ्लास मनिटर )

४. ऐ.वडा नं.८ बस्ने वर्ष ४० को सुरज कुमार कलवार ।जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ