चीनको दक्षिणी प्रान्त युन्नानमा बिहीबार बिहान भएको एक भीषण रेल दुर्घटनाले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ । नियमित प्राविधिक परीक्षणका क्रममा भएको यो टक्करले चीनको रेल सुरक्षा संरचनामाथि गम्भीर प्रश्नहरू उठाएको छ दुर्घटनामा प्राविधिक टोलीका धेरै सदस्यको ज्यान जोखिममा पर्‍यो भने केही गम्भीर घाइते भएका छन्

युन्नान प्रान्तमा भूकम्प मापनका उपकरणहरूको परीक्षण गरिरहेको एक तीव्रगति परीक्षण रेलले रेलवे ट्र्याकमा काम गरिरहेका कर्मचारीहरूलाई ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ
घटनामा दुई जना गम्भीर रूपमा घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ

घटनाको कारण: घुमाउरो ट्र्याक र मानवीय त्रुटि

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना कुनमिङ महानगरअन्तर्गत लुओयाङ टाउन रेलवे स्टेशनको एक घुमाउरो ट्र्याक सेक्शनमा भएको हो उक्त स्थानमा प्राविधिक टोली भूकम्पसम्बन्धी सेन्सर र उपकरणहरूको परीक्षणमा व्यस्त थियो । त्यहीबेला तीव्र गतिमा आएको परीक्षण रेलले कर्मचारीहरूलाई देख्न नसकी ठक्कर दिएको बताइएको छ 

दुर्घटनापछिको प्रारम्भिक विवरणले ट्र्याकको घुमाउरो बनावट, दृश्य अवरोध र समन्वयको कमी प्रमुख कारण हुन सक्ने संकेत गरेको छ । हालै रेल विभागले घटनाको विस्तृत अनुसन्धानका लागि विशेष जाँच समिति गठन गरेको छ