११ बैशाख बीरगंज -सशस्त्र प्रहरी बल गुल्म, पर्साका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको गाडी मोबाईल गस्ती टोलीले विशेष सूचनाको आधारमा बीरगंज म. न. पा. वडा नं. २५ मा पर्ने ड्राइपोर्ट - परवानीपुर सडक खण्डको बहुअरी चोकामा अवैध रूपमा भन्सार छली भारतबाट चोरी पैठारी गरि नेपाल - भारत सीमा क्षेत्रबाट परवानीपुरतर्फ जाँदै गरेको म. प्रदेश ०३ - ००१ च ७९९२ नम्बरको सेतो रङ्गको बोलेरो पिकअप गाडीलाई रोकि चेकजाच गर्ने क्रममा उक्त गाडीमा लोड गरिएको माछाको जात , परिमाण र प्रस्थान स्थानको विवरणहरु र संलग्न सम्बन्धित कागजातहरुसँग मेल नखाएको हुँदा माछा सहित गाडी र दुई जनालाई नियन्त्रणमा लिएका छन् ।
गाडीका चालक बीरगंज महानगरपालिका वडा नं.२५ ड्राईपोर्ट बस्ने ३४ वर्षिय सरोज सहनी मलाहा र बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ५ इटियाही बस्ने १८ वर्षिय भोला कुमार कुशवाहा सहचालक लाई नियन्त्रणमा लिई थप आवशक कारबाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
डिएसपी सुब्बले पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाई गरेका छन् ।
गडिमा लोड गरिएको जलकपुर जातको माछ १,९२० के.जी को मूल्य रू.४,०३,२००/- र रू.२२,००,००० गाडीको मूल्य गरी जम्मा मूल्य रू.२६,०३,२०० भन्सार दाखिला गरिएको जानकारी सूचना अधिकारी सिंहले दिएका छन् ।
डिएसपी सुब्बाको कार्य शैली नै उदहारणीय छ । उनले आफु मात्रै न भई आफुले पाएको जिम्मेवारी बोध गराउँदै खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित समेत पारेका हुन्। लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू अधिनसाथ कामदार तथा कर्मचारीलाई निर्देशन दिई योजना बध तरिकाले नेतृत्व गर्दै आइरहेका छन् ।
खुला सीमा चुनौती नै छ । चुनौतीका बाबजुद सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रण गर्दै आएका डिएसपी सुब्बाले नियमित कार्य र निर्देशन अनुरुप नै सिमा विन्दुमा सक्रियता बढाउनाले उनले चार महिनामै पाँच करोड मूल्यका भन्सार छलेर अबैध रुपमा भित्रिने कपडा,खाद्य सामग्री , विभिन्न प्रकारका कशोमेटिक , लागुऔषध , मोटरपार्ट, पाडा, भैसी, सुनचाँदी लगायत हिरा जस्ता बहुमूल्य सामग्री भन्सार दाखिला गराउन सफल भएका हुन् ।