जिल्ला धनुषा जनक नन्दनी गा.पा. – १ इनर्वा सिमा इलाका स्थित चेक प्वाइन्टमा वि.ओ. पि. बाट खटिएका प्र.स.नी . शम्भु कटुवालका ४ जनाको मोटरसाइकल गस्ति टोलीले भारत बाट नेपाल तर्क आलुको बोरा वोकि आउदै गरेको ज.७ प ५००७ नं. को ग्यालमर मो.सा. रोकी चेक जाँच गर्दा श्रोत नखु‌लेको नेपाली रुपैयाँ ८३,६४,५००/- पत्राउ परेको छ ।

जनकनन्दनी गा.पा. – ५ बस्ने अं. बर्ष ३६ को ईश्वर मण्डल र सोहि ठाउका अं. वर्ष १९ को राजेश मण्डल लाइ उक्त रकम सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका नोटहरूमा रु. १००० को ७००० नोट को जम्मा हुने रु. ७००००००/-, ५०० को २६९९ नोटको जम्मा हुने रु. १३४९५००/-,  १०० को १०० नोटको जम्मा रु. १००००/- र ५० को १०० नोटको जम्मा हुने रु. ५०००/- गरि जम्मा रु.८३,६४,५००/- र  रेडमि कम्पनीका मोबाईल २ थान स्थानिय वडा अध्‌यक्ष, पत्रकार, नेपाल प्रहरीको रहोवरमा मुचुल्का उठाई भन्सार कार्यालय जनकपुर बुझाउने प्रक्रियामा रहेको श्रोतले जानकारी दिएको छ ।