आज बिरगंज घन्टाघर अगाडी स्वतन्त्र समाज नेपाल द्वारा हिन्दु मुस्लिम भाइ भाइ भन्ने मुल नाराका साथ दुई पक्षको बिच आपसी सदभावमा वृद्धि गर्ने उद्देश्यले समाज द्वारा जनचेतना मुलक कार्यक्रमहरूको आयोजना भएको हो ।
कयौ सताब्दी देखी नेपाल विभिन्न जातिको साझा फुलवारीको नामले चिनिदै आएको तर केही कारक तत्वहरू द्वारा आपसी सद्भाव विगार्न प्रयास भएकोले युवाहरूको विशेष पहलमा दुवै विचको भाइचारा लाई आजीवन कायम राख्न कार्यक्रम गरिएको हो ।
यस कार्यकम मा हिन्दु र मुस्लिम दुवै समाजका व्यक्तिहरुहरुको संयुक्त उपस्तिथी रहेको थियों l