समुदाय प्रहरी साझेदारी अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्र आदर्श नगरले जनसमुदायमा ट्राफिक नियम सम्बन्धी जनचेतना जागृत गर्नका लागि आज बेलुका बिना नम्बर प्लेटका सवारी चालकहरू, बिना हेल्मेट सवारी साधन गुडाउनेहरू, इन्डिकेटरको उपयोग नगर्नेहरूलाई, र अन्य विभिन्न ट्राफिक नियमको उल्लंघन गर्ने कुल ४०० जनालाई फरक शैलीमा मिठाई स्वरूप चकलेट प्रदान गरेर जरिवाना गरेका छन्।

अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नहुने रहेको छ । सवारीसाधन चलाउँदा वा हिँड्दा नै किन नहोस्, धेरै मानिसले जानेर-नजानेर ट्राफिक नियम उल्लंघन गरिरहेका हुन्छन् । चालकले तीव्र गतिमा सवारी हाँक्ने, संकेत नमान्ने, जथाभावी गाडी रोक्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कार्य गर्छन् । शिक्षित मानिसले नै बढी नियम उल्लंघन गरेको समेत पाइन्छ । ट्राफिक नियम पालना नगर्नु आफ्नै लागि खतरा हो भन्ने बुझ्दैनन् ।


१५ जना सवारी चालकहरूको सवारीमा नम्बर प्लेट केरकार गरिएको, धुमिलो भएको, नदेख्ने गरी भएको हुनाले तत्काल अन द स्पोट नम्बर प्लेट लेखन कार्य पनि गरिएको छ ।

सडकमा राखिएका मार्किङ (ट्राफिक चिह्न)को सही पालना गर्ने ।  सडक लेनको  पालना गर्ने (सडकमा हुने ५० प्रतिशत दुर्घटना लेन मिचेका कारण हुने गर्छन्) । तोकिएको निश्चित गतिमा सवारी हाँक्ने । व्यस्त सडकमा गति सीमित गर्ने । जथाभावी हर्नको प्रयोग नगर्ने । पैदलयात्रुलाई पहिलो प्राथमिकता दिने । सवारीको क्षमताभन्दा बढी यात्रु नबोक्ने । 

यस कार्यको निरीक्षण र मार्गदर्शन बिर्ता प्रहरी निरिक्षक पुष्कर बोगटी र ट्राफिक प्रहरी निरिक्षक भाष्कर खतिवडा द्वारा गरिएको  ग्रीन सिटी सामुदायिक प्रहरी का अध्यक्ष जय प्रकाश खेतानले जानकारी  दिनु भयो।