विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले चेकजाँचको क्रममा ना ३ ख ४१४१ नम्बरको ट्रकमा बिलबिजक भन्दा बढीको लत्ता कपडा तथा खुद्रा सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका ग्रिनसिटी चौकस्थित चेकजाँच गर्दा बिलविजक शंकास्पद देखिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए । बिल विजक बिनाका विभिन्न किसिमका लत्ता कपडाहरु समेत फेला परेको उनले बताए ।

बरामद सामाग्रीलाई ट्रकसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए