जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी प्रधान कार्यालयकाे निर्देशनलाई अवहेलना गरेकाे देखिएकाे छ ।
प्रहरी प्रधान कार्यालयले जथाभावी काज सरुवाले बेथिति निम्त्याएको भन्दै काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन सर्कुलर जारी गरेको १३ दिन बितिसक्दा पनि हालसम्म त्यसकाे पालना भएकाे छैन, तर काजका प्रहरीहरूलाई संरक्षण गरेको प्रष्टै देखिन थालेको छ ।
पर्सा जिल्ला प्रहरी कार्यालय मातहतकाे विभिन्न प्रहरी कार्यालयहरुमा करिब २ सयकाे संख्यमा काजमा प्रहरी कार्यरत रहेपनि पहुँच भएकालाई रवाना नगरी ढाकछोप गरिएको छ भने पहुँच नभएकालाई मात्र रवाना गरी विभेद गरिएकाे छ । केही प्रहरी कै अनुसार संगठनमा एउटै नीति नियम सबैलाई लागू हुन्छ तर शक्तिकेन्द्रमा पहुँच भएकालाई यो नियम लागू भएको छैन ।
देशभर काजमा खाटेका कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले रवाना फिर्ता गरि दरबन्दी पठाउन सर्कुलर गरे पनि पर्सा प्रहरीले आदेशको धज्जी उडाउँदै जिल्लामा रहेको क्राइम टोली, टाईगर टोली, मुद्दा फाँट, प्रशासन फाट, ईनर्वा भन्सार, इनर्वा गाउँ चौकी, भकुवा चौकी, छपकैया बिट, छपकैया चौकी, वडा प्रहरी बिर्ता, वडा प्रहरी श्रीपुर, परवानिपुर चौकी, डराईपोर्ट चौकी, प्रहरी चौकी भिस्वा, ईलाका प्रहरी कार्यालय पोखरिया, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली लगायत जिल्ला देखी युनिटसम्म माथिल्लो हाकिमले नै संरक्षण गरि जोगाएका देखिन्छ ।
नेपाल प्रहरीले आफ्नै संगठनमा हाकिमहरुले काखापाखा गर्ने रवैयाका कारण दिनरात खटीने सोझासाझा प्रहरीको मनोबलमा खलल पुगेको छ । प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी नियमावली २०७१ को नियम ५२ विपरीत काज सरुवा माग्ने र दिने गर्दा त्यसको दुरुपयोग भएको भन्दै गत असार २१ मंगलबार सर्कुलर जारी गरेको थियो ।
प्रहरीहरुको काज सरुवा र बढुवाका लागि चेन अफ कमाण्ड तोड्दै विभिन्न शक्ति केन्द्रबाट सिफारिस गर्न लगाउने कार्य संगठनको अनुशासन विपरीत भएको भन्दै यस्तो गर्ने गराउनेलाई कडा कारबाही गर्ने चेतावनी समेत नेपाल प्रहरी प्रधान कार्यालयले दिएको छ । साथै, परदेश प्रहरी कार्यालय र प्रदेश ट्राफिक कार्यालयबाट घर ठेगाना भएका स्थानमा प्रहरी कर्मचारीको काज गरिएकाले त्यस्ता काजहरु तत्काल रद्द गर्न समेत निर्देशन गरिएको छ । तर त्यसकाे पालना हाल सम्ममा पनि पर्सामा भएकाे छैन ।