सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्साले १५ किलो ३१० ग्राम लागुऔषध चरेश बोकेको मोटरसाईकल सहित २ लाइ पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा स .प्र.ना.उ. राम जंग पाण्डेको कमाण्डमा वीरगंज भन्सार मेनगेट स्थित खटिएको १५ जनाको चेकप्वाईन्ट टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको उक्त परिमाणको चरेश भारतीय नं. प्लेट BR22M4206 मा सवार जि. पर्सा पटेर्वा सुगौली गा.पा. ५ बस्ने अन्दाजी वर्ष ३५ को सत्यनारायण माझी र ऐ.ऐ. बस्ने प्रल्हाद माझीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको सिटमुनि र ट्यांकी मुनि फल्स ट्यांकीसमेत बनाई लुकाइ छिपाइ लग्दै गरेको लागुऔषध चरेश फेला परेको हो लागुऔषध चरेश ओसारपसार संलग्न व्याक्ति र मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको जानकारी १३ नं . गणका सुचना अधिकारी स.प्र.ना.उ. सन्तोष कुमार बस्नेतले गराएका छन् ।