नियमित खबर, वीरगंज, २६ असोज , मो. असलम
वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्ज वडा नं. ८ रेल्वे रोडमा बुधबार दिउँसो सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रममा लागु पदार्थ चरेस सहित २ युवकलाइ पक्राउ गरेकोछ ।
चेक जाचको क्रममा प्रहरीले ९ केजी ५ सय ग्राम चरेस सहित वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का १९ बर्षिय करण राय र सोहि ठाँउका २० बर्षिय राज चौरसीयालाइ पक्राउ गरेको हो ।
पक्राउ परेका करण रायले दिएको बयानका आधारमा चरेस ओसारपसारमा संलग्न रहेका चौरसीयालाइ पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।
चरेस सहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको बस्नेतले बताए ।