भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४७ लाखभन्दा बढी मूल्य बराबरको सामाग्रीसहित जिल्ला प्रहरी कार्यालय पर्साले ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर सडकखण्डबाट बिलविजकभन्दा बढी सामाग्री बोकेको ट्रक सहित सामाग्री बरामद गरिएको छ ।
४७ लाख २४ हजार ८ सय ९० रुपैयाँ बराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री सहित ना.२ ख ९००४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।
गिरीका अनुसार बरामद गरिएका सामाग्रीलाई ट्रकसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बु