“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र माइती नेपाल वीरगंज पर्साको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२ स्थित श्री ताराचन्द किशनलाल आधारभुत बिधालयको प्राङ्गणमा "लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान" अन्तर्गत घरेलु हिंसा, दाईजो प्रथा तथा बाल बिवाह सम्बन्धि जनचेतना मुलक भिडियो प्रदर्शन कार्यक्रम लगायत पर्चा पम्पलेट बितरण सम्पन्न गरियो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री हाजी ग्यासुदिन ठकुराईज्यूको अध्यक्षतामा वडा समिति कार्यालय वडा नं. २ का कार्यवाहक वडाध्यक्ष श्री बसिर मिया हजामज्यूको प्रमुख आतिथ्यमा वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक श्री कर्ण बहादुर कार्कीज्यू, माईती नेपालका विरेन्द्र गौतमज्यू, श्री ताराचन्द किशनलाल आधारभूत बिधालयका प्रधानाध्यापक श्री लालबाबु प्रसाद चौरसियाज्यू, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, बिधालयका छात्र तथा छत्राहरुको अं. ८०/९० जनाको उपस्थिति रहेको थियो ।