“ चैत्र१५ बीस लाख त्रिरान्वे हजार बराबरको दुहुना भैसी,पिकअप र कपडाहरू बुझाइएको” :-
विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न मालबस्तुहरू तथा चोरी तस्करीमा सलंग्न निम्न व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०८०।१२।१४ गते तल उल्लेखित कार्यालयमा बुझाइएको ।
पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा ।
१. मिति २०८०।१२।१३ गते अं.२१:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३ छप्कैया स्थितबाट भन्सार छली चोरी तस्करी गरी भित्राइएको रु.४,५१,०००।– ( चार लाख एकावन लाख ) बराबरको कुर्ता सुरवाल, कार्पेट र कुर्ता सुरवाल बनाउने थान कपडाहरूलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।
२. मिति २०८०।१२।१४ गते अं.१५:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२१ परवानीपुर चोक स्थितबाट ना.५ च ३३८६ नम्बरको पिकअपमा दुहुना भैंसी २ वटा र पाडा १ वटा भारतबाट भन्सार छली चोरी तस्करी गरी वीरगञ्जबाट नवलपरासीतर्फ जाँदै गरेको अवस्थामा भैंसी साहु जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.५ बस्ने वर्ष ५५ को जोतनारायण यादव समेतलाई पक्राउ गरी उल्लेखित नम्बरको पिकअप, भैंसी र पाडालाई मिति २०८०।१२।१४ गते आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।