नियमित खबर, २५ असोज संजय कुशवाहा
हिजो सोमवार जि. पर्सा वीरगंज म.न.पा. २४ स्थित रामगढवामा वि. ओ. पि. ड्राईपोर्टबाट खटिएको ०५ जना र वि.ओ. पि. सिर्सियाबाट खटिएको ०५ जनाको संयुक्त टोलिले विभिन्न क्यारियर्समा विलमा उल्लेख भए भन्दा बढि सामान लोड भएको भन्ने विशेष सुचनाको आधारमा सामाग्री सहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
मूल्य रु. ९०,००,०००।- (नब्बे लाख ) बराबरको ना६ ख. १८७८, ना६ ख ७१ नम्वरको ट्रक र ना ३ ख १००९ नं. को ३ वटा ट्रक र उक्त ट्रकहरुमा लोड भएको रु. २३४८८५८ । बराबरको कस्मेटीक सामान, लेडिज जुत्ता, स्टेसनरीको सामान, ईलेक्ट्रिक सामान सहित जम्मा मुल्य रु. १.१३,४८,८५८ । बराबरको सामान सहित ३ वटा ट्रक नियन्त्रणमा लिईएको छ ।
जय माँ दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ३ ख १००९ नं को ट्रक, श्री दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ६ ख ७१ नं. को ट्रक र श्री दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ६ ख १८७८ नं. को ट्रक नियन्त्रणमा लिएको स.प्र.बल, नेपाल नं. १३ गण है.क्वा. पर्सा का सुचना अधिकारी सप्रनाउ सन्तोष कुमार बस्नेत ले जानकारी गराए ।
नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।