स्वास्थ्य बीमा बोर्डले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

“रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ स्वास्थ्य बीमा बोर्डले आठौं वार्षिक उत्सवको अवसरमा रेल्वे रोड बीरगञ्ज १६ पर्सामा रेड क्रस सोसाइटी को प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।



कार्यक्रमका प्रमुख अतिथि वी. म . न . पा.वार्ड नं १६ का वडाध्यक्ष प्ररशुराम कुमार चौरसिया , सभापति पर्सा जिल्ला बीमा बोर्डकी संयोजक श्रीमती रेखा गौतम ,अतिथि जिल्ला समन्वय समिति पर्साका पूर्व सभापति नेक मोहम्मद अन्सारी , माई टेलिभिजनकी सञ्चारकर्मी सुष्मिता कुमारी यादव तथा पर्सा जिल्लाका बीमा दर्ता सहयोगीहरू:-अफरोज आलम ,सोबिता पाण्डे,जोशी मण्डल,ज्योति ठाकुर,सुनिता दहाल,अनिल गुप्ता को उपस्थिति रहेको थियो ।


रक्तदानमा २० युनिट रगत संकलन गरिएको र २ जना महिला सहित १८ जना पुरुष रक्तदाता रहेको  पर्सा जिल्लाका बीमा दर्ता सहयोगी अफरोज आलमले जानकारी दिनुभयो ।