सशस्त्र प्रहरी द्वारा रु. १० लाख मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं २ रेलवेरोड इदगाह चौक नजिक आज साँझ ५ बजेको समयमा सशस्त्र प्रहरी १३ नं. गण र वीरगंज भन्सारका संयुक्त सशस्त्र प्रहरी टोलिले छापामारी रु. १० लाख मुल्य बराबरको लत्ताकपडा तथा डार्डवेयर बरामद गरेको छ ।
वरामद गरिएका लत्ताकपडा तथा डार्डवेयर वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।