कलैया उपमहानगरपालिका वडा नम्बर -९ रामपुर स्थित लोढिया टोलमा झिगु मित्र र लुमन्ती आवसको लागि सहयोग समूहको संयुक्त सहयोग र शहरी गरिबी निवारण मंचको आयोजनामा आज एक कार्यक्रमको बिच १५ दिने बासको मुडा बनाउने आधारभुत तालीमको समापन गरिएको छ।

सो समापन तालिम मंचको अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षतामा तथा कलैया उपमहानगरपालिका वडा नम्बर -९ का वडा अध्यक्ष पुरुषोत्तम सिह पाण्डेयको प्रमुख आतिथ्यतामा सप्पन्न गरिएको थियो।

तालिम जेठ १२ गतेदेखि संचालन गरिएको थियो । उक्त तालिममा निम्न आय श्रोत भएका महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको थियो। ती महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनको लागी १५ दिने बासको मुढा बनाउने आधारभुत तालीम सञ्चालन गरिएको थियो।

मुडा तालिममा सहभागी भएका १२ जनालाई प्रमाण पत्र र प्रशिक्षक उमेश रामलाई कदर पत्र हस्तांतरण गरी तालिमको समापन गरिएको थियो।

समापन कार्यक्रममा अतिथिहरूमा लुमन्तिका सामुदायिक सहजकर्ता अनिल मण्डल , सरीता कुशवाहा , अजय यादव, सूर्यराज पासवान, नितु मण्डल , विवेक तिवारी, स्थानीय भद्रभलादमीहरु, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संचालन मंचका कार्यक्रम संयोजक शिवनाथ रामले गरेका थिए ।