ग्यान्दा एकेडमी को आयोजना र प्रगति एडुकेशन सेन्टर र प्रारूप एडुकेशन फाउण्डेशन को सहयोग मा ग्यान्दा +2 सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा वीरगंजका विभिन्न कलेजका ८ वटा टिमहरूको उत्साह जनक सहभागीता रहेको थियो । प्रगति एडुकेशन सेन्टर ले ५ ओभरमा ५७ रन बनाई ५८ रन को लक्ष्य हरिखेतान टिम लाई दिएको थियो । फाईनलमा पुगेका प्रगति एडुकेशन सेन्टर लाई टिम हरि खेतान ले ३ ओभर मै पराजित गरी ८ विकेटले जित हासिल गरेका छन् ।
बेस्ट ब्याट्सम्यान टिम हरि खेतानका सुमित पटेल, बेस्ट बलर प्रगति का आयुष कुमार सिंह र म्यान अफ द सिरिज टिम ग्यान्दा पेरेन्टसका सुमित गुप्ता भएका छन्।
टुर्नामेन्टको ८ वटै म्याच का म्यान अफ द म्याच अमन अख्तर, सुमित पटेल, करन पाल , जिनित लोहिया , सुमित गुप्ता, सुमित पटेल र बिजय महरा क्रमश भएका छन्।