विगतको नेतृत्वले गरेका कामहरु समेटेर वीरगंज महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी गरेको छ ।

आइतबार महानगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी नवनिर्वाचित मेयर राजेशमान सिंहले श्वेतपत्र जारी गरेका हुन् ।

जारी श्वेतपत्रमा महाननगरपालिकाको यसअघिको नेतृत्वले महानगरमा गरेका भौतिक र सामाजिक क्षेत्रमा गरेका कामहरु र ती काममा खर्च गरिएका बजेटका विवरणहरु समेटिएका छन् । यस्तै श्वेतपत्रमा महानगरको वर्तमान भौतिक पूर्वाधार , आर्थिक , शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बारे पनि जानकारी गराइएको छ ।

श्वेतपत्र जारी गर्दै नवनिर्वाचित मेयर सिंहले विगतको नेतृत्वले महानगरमा भौतिक पुर्वाधार योजनाहरु निर्माण सम्पन्न भइ सन्चालनमा आएको एक डेढ वर्ष नबित्दै जीर्ण अवस्थामा पुगेको अवस्था रहेको बताए ।

भैतिक पुर्वाधार र योजना निर्माणमा बजेट खर्च गरिएको तर खर्च भएको बजेट अनुसार गुणस्तरीय कामहरु भने भएको नपाइएको सिंहले बताए ।

सन्चालनमा ल्याइएका र सन्चालनमा नआउदै जीर्ण भएका भौतिक पुर्वाधारहरुको अवस्था बारे नगरवासीलाइ जानकारी नदिइ त्यसको सुधार र मर्मतमा काम गर्दा आफु माथि प्रश्न उठ्ने भएकाले श्वेतपत्र जारी गरेर जनतालाइ जानकारी गराउनु परेको उनले बताए ।

मेयर सिंहले भने ,‘ हामी निर्वाचित भएर आएपछि महानगरमा थुप्रै बेथितीहरु देख्यौ, यी सब बारे जनतालाइ जानकारी नगराइ काम शुरु गर्दा हामी माथि नै प्रश्न उठ्न सक्छ जस्तो लाग्यो , त्यसैले श्वेतपत्र जारी गरेर महानगरमा भएका बेथीतीहरु बारे जनतालाइ जानकारी गराउनु परेको हो ।

आफु भन्दा पहिलेको नेतृत्वको कार्यकालमा भएका बेथीतीहरु सुधार गर्दै हाम्रो वीरगन्ज राम्रो वीरगन्ज बनाउने मुल उदेश्य लिएर आफु अगाडि बढेको उनले बताए ।
मेयर सिंहले भने ,‘ कम्तिमा १ सय दिनको प्रतिक्षा गर्नुस् , महानगरमा अहिले जे जति बेथिती देखिएका छन् , ती सबै सुधार हुन्छ , यदि हामीले राम्रो काम गरिरहेका छौ भने कर्मचारीले पनि हामीलाइ साथ दिनु पर्ने आवश्यक छ ।
आइतबार जारी श्वेतपत्रमा यसअघिको नेतृत्वको कार्यकालमा सडक कालोपत्रे, भूमीगत ढल तथा नाला , नयाँ बसपार्क टर्मिनल , फोहोर पानी प्रशोधन केन्द्र , अस्पतालजन्य फोहोर प्रशोधन केन्द्र लगायतका सबै ठूला परियोजनामा गुणस्तरहीन निर्माण कार्य गरिएको उल्लेख छ ।