२ भदौ, बीरगंज-सशस्त्र प्रहरी बल नेपालका डिएसपी लोकेन्द्र सुब्बा साधारण नाम मात्र होइनन्, यो नामसँग अब “इमानदारी, निष्ठा र उदाहरणीय नेतृत्व” जोडिएको छ। सात महिनाको छोटो कार्यकालमै उनले तस्करी नियन्त्रण, सीमा सुरक्षा र जनसुरक्षामा देखाएको दृढ नेतृत्वले न केवल संगठनलाई गर्वित बनायो, बरु नागरिक समाजलाई पनि भरोसा दिलायो। यही योगदानको उच्च मूल्याङ्कन गर्दै बिरगंज उद्योग वाणिज्य संघले उनलाई Best Integrity Award–२०८२ बाट सम्मानित गरेको छ।