३ जेठ बीरगंज - जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जिम्मेवारी सम्हालेसँगै अपराधिक गतिविधिमा पूर्णविराम लगाएका छन् ।
एसपी मिश्रको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत प्रहरीले एकै दिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो। ती प्रतिवादीहरू विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर लामो समयदेखि फरार रहेका थिए।
"एकै दिनमा यति ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु पर्सा प्रहरीका लागि गर्वको विषय हो "हाम्रो नेपाल प्रहरीले ‘सत्य, सेवा, सुरक्षणम्’ आकर्षक र सुन्दर लक्ष्यबिन्दु बोकेको छ।अपराध रोक्ने र पत्ता लगाउने अर्थात अपराध अनुसन्धान र प्रचलित ऐन कानूनको कार्यान्वयन गर्दै शान्ति र व्यवस्था कायम राख्नु मेरो पहिलो कर्तव्य एवं दायित्व रहेको एसपी मिश्रले बताएका छन्।
पर्सा जिल्लाका विभिन्न स्थानबाट पक्राउ परेका प्रतिवादीहरुलाई फैसला कार्यान्वयन अभियान अन्तर्गत गत ३० गते नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना र ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजाय असुलका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको हो।
चितवनमा राजनीतिक उथल–पुथलका क्रममा देखापरेका जटिल,चुनौतीपूर्ण र विषम परिस्थितिको सामना गर्दै आफ्नो कर्तव्य सधैंभरि उस्तै र उत्तिकै बहादुरीपूर्वक र कर्मनिष्ठका साथ पालना गर्दै पर्सामा अपराधिलाई जेलसम्म पुर्याउनु, मुलुक र नागरिकको सुरक्षाका खातिर लड्न कदापि पछि नहट्ने संकल्प लिएका एसपी मिश्र पर्सामा उदाहारणको रूपमा प्रस्तुत हुदै गइरहेका छन् ।
प्रहरीको सहासिक कार्यको मूल्यांकनकै कारण संयुक्त राष्ट्र संघीय शान्ति सुरक्षामा समेत खट्न पुगेका छन्।