कलैया उपमहानगरपालिका वडा नं. ३ भवानीपुर स्थित रहेको शहरी गरिबी निवारण मंचको सभाहलमा मंचको आयोजनामा तथा लुमन्ति आवाशको लागि सहयोग समूहको सहयोगमा मासिक कार्ययोजना निर्माण तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ।
सो कार्यक्रम मंचका अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षतामा तथा कलैया उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मोहन साह कानुको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो।
सो कार्यक्रममा मंचले १ महिनामा विभिन्न समुदायमा गरिने कार्यहरुको रुपरेखा तयार पारिएको थियो। साथै वकतृत्वकला प्रतियोगिताका प्रथम जस्मिन खातुन, द्वितीय रुबिना खातुन र तृतीय ओमप्रकाश यादवलाई अतिथिहरूद्वारा स्टेशनरी पुरस्कार प्रदान गरिएको थियो।
सो कार्यक्रममा विशिष्ट अतिथि लुमन्तिका कार्य छेत्र संयोजक अब्दुल कैश, अतिथिहरू वडा नं. ३ का वडा सदस्य श्यामनाथ महतो , दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक अखिलेश राम , दलित धर्मशाला उपभोक्ता समितिका सदस्य सन्नी राम , लुमन्तिका सामुदायिक सहजकर्ताहरु अनिल मण्डल, अजय यादव, मंचका सदस्यहरु लगायतको सहभागीता रहेको थियो।
सो कार्यक्रममा सञ्चालन मंचका कार्यक्रम संयोजक शिवनाथ रामको रहेको थियो।