समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय लागु औषध दिवसको अवसरमा जिल्ला पर्सा बी.म.न.पा. वडा नं.२ छपकैया स्थित रहेको आईडिएल एकेडेमीमा लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बीरगंज महानगरपालिका वडा समितिको कार्यालय वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेलीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विर्ताका प्रमुख प्र.नि. बिशाल मल्लले आईडल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषधको सेवनले मानिसलाई कस्तो असर गर्छ । यसको सेवन र कारोवार गर्नेलाई कस्तो कार्वाही हुन्छ भन्ने बारेमा जानकारी गराईएको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया-२ का संरक्षक श्याम शर्मा , विद्यालयका फाउण्डर शौकत अली, समाज सेवी कमल महतो, सामुदायिक सेवा केन्द्र छपकैयाका पदाधिकारि वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रवीण विक्रम शाह, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सदस्य अजित कुमार भुजेल, अब्दुल कैश मिया तेली, अरुण कुमार गोयल, ऐहसानुल हक (बिट्टू) , सामुदायिक प्रहरी प्र.स.नि. मुकेश्वजर पंजियार, प्र.स.ह. राज कुमार तामाङ लगायतकाको उपस्थिति रहेको थियो ।