सिमानाकामा भैइ रहेको अबैध तस्करीका कारण लक्ष्य भन्दा कम राजस्व संकलन भएको हुनाले देशको आर्थिक स्थिति कंगाल भएको छ। यता बाराको पचरौता नपा वडा न.४ स्थित रहेको प्रहरी चौकी बेल्दारीका प्रहरी सहायक निरीक्षक रामनरेश यादव मालामाल भएका छन्। प्रहरी चौकी बेल्दारी अन्तरगत पर्ने गुलरिया बोर्डरमा तीन वटा अबैध मदिरा भट्टी, नौ वटा मदिरा पसल तथा भारत बाट धान, आलु एवं युरिया मल तस्करी हुने गर्छ। उक्त अबैध कारोबार बाट असइ यादवले दर रेट कायम गरि प्रत्येक मदिरा भट्टी बाट ७ हजार, प्रती मदिरा पसल बाट ९ हजार, प्रती ट्रेक्टर धान बाट २ हजार, प्रती ट्रेक्टर आलु बाट एक हजार र प्रति बोरा युरिया मलबाट १५ रुपैयाँ गरी घुमुवा प्रहरी हवलदार संजय हजरा मार्फत अशुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक जना तस्करले बताएका छन्। 

वितेको माघ २५ गते विहिवारका दिन भारतीय धान तस्कर राजकुमार यादवले गुलरिया बोर्डरमा ना७ प ४२७७ नम्बरको ट्रेक्टरमा धान लोड गरिरहेको अवस्थामा इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटेको टोलीले रंगे हात धान समाते पनि बेल्दारी वडा न.५ कर्मावा टोलमा पुग्दा प्रहरी सहायक निरीक्षक यादवले तस्करहरुको समूह लाई उचाली समातेको ट्रेक्टर छुटाएका थिए। यादवले आफू एसपीको नजिकको मान्छे रहेको हुनाले कसैले केही गर्न नस्क्ने तस्करहरु लाई विश्वास दिलाउने गरेका छन्। अत: यस्ता भ्रष्ट प्रहरी इन्चार्ज लाई समयमै कार्यवाही नगरे प्रहरी माथी प्रश्न खडा हुनुको साथै इमान्दार प्रहरीहरुको अस्तित्व समाप्त हुने देखिएको हो।