नेपाल भारत बिच सबै भन्दा धेरै व्यापार हुने पर्सा जिल्लाको वीरगंज रक्सौल नाकाको मुख्य सडक जिर्ण हुँदा उद्योगीर, व्यापारी देखी सर्वसाधारणले स सास्ति खेप्नु परेको छ । पिच भत्काएर पुनः निर्माण गर्न ठिक परेका सडकमा मुद्दा परे पछि निर्माण कार्य अलपत्र परेको हो ।

वीरगंज रक्सौल सडक अन्तर्गत रजतज्यन्ति चौक देखी मितेरी पुल सम्मको सडक निर्माण कार्य अलपत्र परेको छ ।

रक्सौल हुँदै नेपाल प्रवेश गर्ने मुख्य द्वारको सडकको धुलोले यात्रु र सर्वसाधारणको आवत जावतमा सास्ति खेप्नु परेको छ । सडकको पिच उपकाएर त्यतिकै छाडिएको कारणले सो नाका प्रयोग गर्ने सबैलाई समस्या भएको हो ।

त्रिभुवन राजपथ अन्तर्गतको वीरगंज रक्सौल सडकमा खाल्डा खुल्डि भएपनि धुलो उड्ने गरेको थिएन तर पिच उपकाएपछि सडक आसपासका होटेल पसलको व्यापारमा समेत असर परेको छ ।

मुलुकको पहिचान संग जोडिएको भन्सारनाका प्रवेश द्वारको सड़क लामो समय सम्म भत्काएर छाड्दा पर्यटकमा समेत सकारात्मक सन्देश गएको छैन ।

निर्माण सुरु गरेपछि ठेकेदार कम्पनिले अदालतमा मुद्दा गरेकाले निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ ।