सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया २ को आयोजनामा विरगंज महानगरपालिका आधारभुत विधालयका छात्र तथा छात्राहरुलाई न्यानो स्विटर तथा पोशाक वितरण गरेको छ ।

विरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहको प्रमुख आतिथ्यमा तथा उप प्रमुख इम्तियाज आलमको विशिष्ठ आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो। 

बढ्दै गएको चिसो लाइ मध्येनजर गर्दै उक्त विद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई जाडोबाट जोगाउन न्यानो स्विटर र बिधालयमा लगाउने पोशाक वितरण गरिएको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराइले जानकारी दिनु भयो । 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराइको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, सशस्त्र प्रहरी निरिक्षक तिर्थराज न्यौपाने, वाड न.३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुर्ली जलान , शिक्षक अभिभावक संघका अध्यक्ष सज्जन अग्रबाल , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , विद्यालयका प्रधानाध्यापक रामाधार प्रसाद साह , आदर्शनगर प्रहरी चौकिका सई अशोक महतो , सामुदायिक सेवा केन्द्र छपकैयाका आजिवन सदस्य मेहबुब आलम ( शेरु) , संरक्षक श्याम शर्मा , वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक सदस्य अजित भुजेल , पत्रकार मन्सुर खान , प्रहरी हवल्दार देवेन्द्र पटेल लगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

सो बिधालयका विद्यार्थीहरुलाई न्यानो सुईटर राज होजियारी बिरगंजका राज साहले सहयोग गर्नु भएको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबिण बिक्रम शाहले गर्नु भएको थियो ।