आजको टन्टलापुर घाममा प्रसौनी गाउँपालिका भरिका विद्यार्थीहरूलाई राजनीतिक कार्यक्रममा सहभागिता गराउनु कहाँ सम्मको उचित छ ।
बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन को समुदघाटन कार्यक्रम सम्मान भएको छ । पुर्व प्रधानमन्त्री के.पि.शर्मा ओली द्वारा भवनको समुदघाटन कार्यक्रम सम्पन्न गरियो।
हुन त आज शुक्रबार २०८१/२/४ गते जगतजननी माता सीताको अवतरण दिवस(सीता नवमी) को उपलक्ष्यमा विद्यालयहरूमा बिदा गरिएको थियो। तराई मधेशमा बढ्दो गर्मीमा एक दिन भएपनि सम्पूर्ण पठनपाठन बन्द भएपछि बालबालिकाहरूलाई राहत पुग्ने गर्दछ।कुनै पनि भवनको उदघाटन ,समुदघाटन र औपचारिक कार्यक्रममा ठूलाबडा राजनेता तथा समाजमा राम्रो छवि भएका व्यक्तित्वलाई आमन्त्रित गरि सो कार्यक्रमको विषयवस्तु अनुसार त्यस कार्यक्रममा अतिथिहरूलाई आमन्त्रित गरि कार्यक्रमलाई सम्पन्न गरिन्छ ।
प्रशासकीय भवनको समुद्घाटन पुर्व प्रधानमन्त्री के.पि.शर्मा ओली द्वारा गराइयो र यस कार्यक्रममा पार्टीका कार्यकर्ताहरुको उपस्थिति हुँदाहुँदै विद्यालयका बालबालिकाको सहभागिता के का लागि थियो ?
यस्तो घमाइलो मौसममा दिनहु किताबका भारी बोकेर विद्यालय जाने आउने बालबालिकाहरूले अति नै शास्ती भोग्नु परिरहेको छ ।यस्तोमा झन् राजनीतिक कार्यक्रममा ससाना बालबालिकाहरूलाई सहभागी गराउनु कहाँसम्म जायज छ ।
राजनीतिक कार्यक्रममा विद्यार्थीहरूको सहभागिता भएको सन्र्दभमा गाउँपालिकाको गम्भीर ध्यानकर्षण हुनुपर्छ। बढिरहेको गर्मीले जनजीवन प्रभावित भएको बेला ससाना बालबालिकालाई यस्ता कार्यक्रममा सहभागिता नगराउनु र बालबालिकाको स्वस्थ्य प्रतिको जिमेवारी समाजका बुद्धिजीवीहरूको पनि छ ।
पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षक तथा विध्यार्थीहरुको सक्रिय सहभागिताले शिक्षामा धेरै ठुलो प्रभाव पारिरहेको छ।