१९ जेठ बीरगंज -सोमवार सुनचाँदीको मूल्य बढेको छ।साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको उतारचढाव र अमेरिकी डलरको मूल्यमा भएको परिवर्तनलाई जिम्मेवार ठानिएको छ।