पर्सा प्रहरीले चोरी, लागूऔषध दुर्व्यसन र विभिन्न प्रकारका दुर्व्यवहारको आशङ्कामा १३० जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध सेवन गर्ने, बिना काम जहाँ-तहाँ बरालिने र अन्य व्यक्तिका घर वा अफिसमा अनधिकृत प्रवेश गर्ने गतिविधिमा संलग्न देखिएकाहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार शान्ति सुरक्षा कायम राख्न ती व्यक्तिहरूको गतिविधि लामो समयदेखि नियाल्दै आएका थियाै ।
पक्राउ परेकाहरूको दैनिक जीवनशैली, घुमफिर, र कामकाजका विषयमा सोधपुछ भइरहेको छ । पछिल्लो समय विभिन्न घटनाहरू बढ्दै गएकाले समाजमा कानूनी पालनामा सबैको सहकार्य आवश्यक रहेकाले एकैपटक धेरैजनालाइ नियन्त्रणामा लिएर विस्तृत बुझने काम भइरहेको छ । प्रहरीले संकलित विवरणका आधारमा नियन्त्रणमा लिएका व्यक्तिहरूलाई सम्झाई बुझाई गरेर सुधारको प्रयास गरिने र शंकास्पद गतिविधिमा संलग्न पाइएको खण्डमा कानूनी कारबाही अघि बढाइने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले यस अभियानमार्फत लागूऔषध दुर्व्यसन, चोरी, र अन्य आपराधिक क्रियाकलापको रोकथाममा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिएको छ ।