२६ जेठ बीरगंज-बीरगंज महानगरपालिकामा दीर्घकालीन खानेपानी तथा ढल व्यवस्थापन समस्या समाधान गर्ने उद्देश्यले आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानी आयोजनाहरू सम्बन्धी गहन छलफल गरिएको थियो ।
छलफलमा सहभागी सरोकारवाला निकायबीच सकारात्मक सहमति बनेको छ, जसअनुसार आगामी साउन महिनाभित्रै बीरगंजमा खानेपानी आयोजनाहरूको निर्माण कार्य सुरु गर्न एडिबीसँग आवश्यक प्राविधिक तथा वित्तीय छलफल सम्पन्न गरी टेण्डर आह्वान गरिने भएको छ।
कुल १२ आयोजना मध्ये पहिलो चरणमा कम्तीमा ६ वटा आयोजना तत्काल सुरु गरिने सहमति प्राप्त सँगै आयोजना कार्यान्वयनका लागि सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने निर्णय समेत गरिएको हो ।
कार्यक्रममा सहभागी अधिकारीहरूका अनुसार, यी आयोजनाहरूले बीरगंजवासीको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास लिएका मन्त्रि यादबले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै, खानेपानी मन्त्रालयले साझा प्रयासबाट दीर्घकालीन समाधानतर्फ ठोस कदम चालेको उल्लेख गर्नु भएको ।