बिकन माध्यमिक बिधालयको २९ औ बार्षिक उत्सव आज शनिवार आफ्नै बिधालयको प्राङ्गणमा आयोजना गरि मनाएको छ । बिकन बिधालयका संचालक प्रकाश उपाध्याय को अध्यक्षता एवं बीरगंज उपमहानगरका उप प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यमा सपन्न भएको हो ।
प्रमुख अतिथिले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुउद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रम पश्चात बिकन स्कुलका प्रधानाध्यापक प्रकाश उपाध्यायले स्वागत मन्तव्य राखि कार्यक्रमको सुचारु गर्नु भएको थियो जसमा बिधालयका छात्रछात्राहरुले विभिन्न साँस्कृतिक प्रस्तुति एवं शैक्षिक प्रर्दशनी समेत गरेका थिए ।
प्रमुख अतिथी आलमले विधार्थीहरुले बनाएको बिभिन्न किसिमको शैक्षिक बस्तुहरु को अवलोकन गर्दै "आजका विधार्थी भविष्यका कर्णधार हुन र विधार्थीले नै देश निर्माण र समाज निर्माण गर्ने भोलिको कर्णधार हुन तथा अब शिक्षालयहरुले प्राविधिक एवं व्यवहारिक शिक्षामा जोड दिनुपर्दछ " भनि जोड दिँदै बिकन बिधालयले बिगत लामो समयदेखी समाजको शैक्षिक एवं सामाजिक क्षेत्रमा हासिल गरेका उपलब्धीहरुको खुलेर प्रसंशा पनि गरेका थिए।
उक्त बार्षिकोत्सव कार्यक्रममा बिशिष्ट अतिथि बिरगंज महानगरपालिका वडा ४ का वडाअध्यक्ष जगत साह कानु, बिरगंज महानगरपालिका वडा ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकार,बार एसोसिएसन का पुर्व अध्यक्ष शालिकराम कानु, शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान का अध्यक्ष मुना खनाल उपाध्याय, लगायत वीधालयका शिक्षकहरु, छात्रछात्राहरु, अभिभावकहरु, स्थानीय अग्रज, महिला, युवाहरुको सहभागिता रहेको थियो।