स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहायोमा एवम् माण्डबीको सहजीकरणमा निर्वाचित महिला प्रतिनिधीहरुको लागि प्रारम्भिक प्रशिक्षण दोश्रो मोडयुल ४ दिने तालिमको आज समापन गरिएको छ।
प्रसौनी गाउँपालिका भित्र रहेका ७ वटा वडा र परवानीपुर गाउँपालिका भित्र रहेका ५ वटा वडा भित्रका निर्वाचित महिला सदस्हरुको सक्रिय सहभागीतामा बहुअरी गण्डक नहरको छेउमा रहेको मधेश आश्रमको बैठक भवनमा ४ दिनदेखि सो तालिम सञ्चालन हुँदै आएको थियो।
स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउनको लागि सो तालिमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजुकुमार साहले बताएका थिए।
प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाले राजनीतिक , आर्थिक सामाजिक विकास सहभागिता तथा निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित, आत्म विश्वास बढाउने, निर्वाचित पश्चात वडा भित्र वहन गर्नु पर्ने जिम्मेवारीहरु , सरोकारवाहरुसँग सहकार्य गर्ने लगायतको विषयवस्तुमा यस तालिम अवधि भित्र जानकारी गराउनु पर्ने प्रशिक्षक नेक महमद हुसैन र निभा सिंहले बताएका हुन।