प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगंज, पर्साले ” मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने शिर्षकमा पालिका स्तरीय नागरिक आरोग्य कार्यक्रम बीरगंज नागरिक आरोग्य सेवा केन्द्र मा चिकित्सालयका अध्यक्ष अजय सर्राफ को सभापतित्वमा सु – सम्पन्न गरियो ।
कार्यक्रमका प्रमुख अतिथि बि.म.न.पा. का मेयर राजेश मान सिंह हुनुहुन्थ्यो भने अतिथिहरुमा योग गुरु नसिबलाल जि, डा. रमेश मिश्र, किशोरी प्रसाद कलवार, नितेश कुमार गुप्ता, महेश पंडित, दिनेश शाह, मिथिला शाह र अर्चना ज्यूको उपस्थिति रहेको थियो ।
कार्यकममा प्रमुख अतिथी सिंहले सम्पूर्ण नगर वाशीहरूलाई दैनिक रुपमा योग गर्न र यसमा ध्यान दिन आग्रह गर्दै सम्पूर्ण मानवजातिको स्वास्थ्य र दिघार्युको कामना समेत गर्नुभयो ।
कार्यक्रमको सञ्चालन नागेन्द्र प्र . पटेलले गर्नु भएको थियो ।