बारा जिल्लाको परवानीपुर लिपनीमाल स्थित रहेको बि.एस पार्टी प्यालेसको सभाहलमा लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुकाको राजनीतिक सहभागिता तथा निर्णय प्रक्रियामा मेयर र वडा अध्यक्षहरुको भूमिका सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम परवानीपुर गाउँपालिकाका कार्यकारी सदस्यहरुको सक्रिय सभागितामा समपन्न भएको छ ।

माण्डवीको आयोजनामा र स्विस सरकार र अस्ट्रेलियन सरकारको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा सो अन्तरक्रिया कार्यक्रम परवानीपुर गाउँपालिकाकाका अध्यक्ष रामक्षत्री राउत कुर्मीको अध्यक्षतामा सम्पन्न भएकोथियो ।
सो कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण कार्यकारी सदस्यहरुको सहभागिता सँगै विशिष्ट अतिथीको रुपमा गा.पा. उपाध्यक्ष सुगान्धी देबी कनुईनको सहभागिता रहेको थियो।

लैङ्गिक समानता र निर्वाचित जनप्रतिनिधीहरुको स्थानिय तहमा निर्वाह गर्नु पर्ने  भुमिका र लैङ्गिक प्रवद्र्धनका लागि प्रतिवद्धता समबन्धी बिषयबस्तुमा छलफल भएको कुरा माण्डवी बाराका कार्यक्रम अधिकृत राजु कुमार साहले उदघाटन सत्रमा बताएका थिए । 
अन्तरक्रिया कार्यक्रमका सहजकर्ता नेक महम्द हुसैनले महिला र पुरुष दुवैलाई लागु हुने लैङ्गिक समानतासँग समबन्धित मुख्य शब्दावलीहरु, लैङ्गिक समानताका कानुनी अधारहरु, निर्वाचित महिला जनप्रतिनिधी तथा समुदायका अन्य महिलाका लागि सहयोगी बन्नका लागि आवश्यक सीप र रणनितीका बारेमा दुई वटा सत्रमा बिभाजन गरी प्रस्तुत गरी छलफल गराएका थिए । 
समापन सत्र सम्बोधन गर्ने क्रममा गा.पा. अध्यक्ष, वडा अध्यक्ष तथा कार्यक्रममा सहभागी कार्यपालिका सदस्यहरुले लैङ्गिक समानताका लागि प्रतिबद्धता जनाउँदै परिर्वतनका लागि आफुहरु महिलाहरुको लागि सहयोगी बन्ने बताएका थिए ।