नेपाली काग्रेस क्षेत्रीय कार्य समिति को आयोजन मा ४० औं बि.पि. स्मृति दिवस को अवसर मा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन भएको छ।
कार्यक्रम मा नगर का विभिन्न ठाउँबाट रक्तदान गर्न मान्छे हरु उपस्थिति रहेको थियो भने ४ जना महिला को पनि उपस्थिति रहेको थियो । बिपि कोइरालाले गरेका बलिदान उनको त्याग प्रति मनन गरी बक्ताहरु ले जोर दियेका थिए । बिरगंज रेड्क्रसमा भएको रगतको अभाव का कारन बि.पि. स्मृति दिवसको दिन रक्तदानको आयोजना गरेको क्षेत्रीय सभापति ले बताए ।
कार्यक्रम को अध्यक्षता निर्वाचन क्षेत्र नम्बर २ का सभापति सेख सहाबोदिन प्रमुख अतिथि पुर्व मन्त्री अजय चौरसिया विशिष्ट अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम , नेपाली कग्रेस का जिल्ला उप सभापति रामनारायण कुर्मि,दिना गुप्ता रामरुप कुर्मि, श्याम पटेल लगायत हरु को उपस्थिति रहेको थियोे । सो को जानकारी बिरगंज महानगर पालिका का उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गरायेका हुन।