समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामूदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा वीरगंज महानगरपालिका वडा नं.२ स्थित घण्टाघर रक्सौलको मुख्य सडक खण्ड अन्तर्गत श्रीराम हल चौक र ईदगहा चौकमा Speed Breaker र रोड डिभाईडर राखी सडक दुर्धट्ना न्युनिकरण सम्बन्धी ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम सामूदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई को अध्यक्षतामा, वीरगंज महानगरपालिका वडा समितिको कार्यालय वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेलीको प्रमुख अतिथ्यतामा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.नि.ध्रुव प्रसाद दाहाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्र.नि. विशाल , ज्योती रुङ्गटा,को विशिष्ट अतिथी, वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य अब्दुल लतिफ अंसारी, वडा सदस्य बसिर मिया हजाम महिला सदस्य संगिता थामा,ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जय प्रकाश खेतान सामुदायिक सेवा केन्द्र छपकैयाका व.उपाध्यक्ष मो.अब्दुल हक, सचिव प्रवीण विक्रम शाह, कोषाध्यक्ष प्रेम कुमारी सिंह, स.सचिव मदन प्रसाद गुप्ता, सदस्य अब्दुल कैश मिया तेली, टिका प्रसाई,अजित कुमार भुजेल, ऐहसानुल हक,अरुण कुमार गोयल, सहेव हुसेन, समाज सेवी कमल महतो, शेष मुन्ना सामुदायिक प्रहरी प्र.स.नि. काम बहादुर गुरुङ, प्र.स.ह. राज कुमार तामाङ लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न् गरियो ।