वीरगंज पर्सा जिल्ला का किसानहरू धान रोपाई गरि युरिया मल धान मा टप ड्रेसिङ गर्न नपाएर समस्या भोग्दै गई रहेको ले हाल नेपाल सरकारले ग्लोबल टेण्डर मार्फत ओमान बाट खरिद गरेको पाँच हजार मेट्रिक टन युरिया मल खरीद गरेको र ओमान बाट नेपाल सम्म आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टर प्राइजेज लिमिटेड ले लिएको मा मिती २०७९/४/२४ गते सम्म विरगंज स्थित सिर्सिया सुख्ख बन्दरगाह (ड्राइर्पेट) मा दुई पटक गरि २५/२५ सय गरि ५० सय मेट्रिक टन नेपाल मा युरिया मल आई सकेको छ ।
युरियामल हाल विभिन्न जिल्ला हरु मा पढाउने कार्य भई रहेको ले आउने मिति २०७९/४/२९ गते आइतबार का दिन देखी वीरगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रदेशिक कार्यालय बीरगंज ले यस पर्सा जिल्ला मा रहेका विभिन्न नगर पालिका / गाँउ पालीका हरु मा युरिया मल पढाउने कार्य सुरु गर्ने भनि कृषिसामग्री कम्पनी लि. प्रादेशिक कार्यालय वीरगंजका सुचना अधिकारी आलोक कुमार ले जानकारी गराउनु भएको छ ।
वहुदरमाई न.पा ९५१ बोरा, जिरा भवानी गा.पा १०५६ बोरा, पटेर्वा सुगोली गा.पा १२०५ बोरा, सखुवा परसौनी गा.पा १३१० बोरा, धोविनि गा.पा. ८४२ बोरा, ठोरी गा. पा १३७९ बोरा, विन्दवासिनी गा.पा. ७४० बोरा, पोखरिया न पा १०८४ बोरा, जगरनाथपुर गा पा १३४४ बोरा, छिपहरमाइ गा.पा ८७७ बोरा, वीरगंज म न पा २७७१ बोरा, पर्सागढि न पा १३४४ बोरा, पकाहा मैनपुर गा. पा ६६२ बोरा, कालिकामाइ गा.पा. ६३५ बोरा र कृषी संग सम्बन्धीत कार्यालय २७७ बोरा गरि पर्सा जिल्ला भरिको लागी जम्मा १६४७७ बोरा वितरण गरिनेछ ।