बीरगंज पर्सा -सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा, प्र.सि.सु.गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका-१० आदर्शनगरस्थित जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भित्र्याएर गोदाम गरी राखेको रु. १३,०३,६०० बराबरको कपडा, चिनी, मरिच र चकलेट  बरामद गरेको । बरामद गरिएको कपडा, चिनी, मरिच र चकलेट आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका हुन् ।


पर्सा जिल्लामा सीमा नाका हुँदै हुने अवैध ओसारपसारका घटनाहरूमा सशस्त्र प्रहरीको कडाईले ठुलो सफल्ता प्राप्त गरेका छन् ।विशेष गरी रातको समयमा पिकअप सवारी र पैदलभरियाको प्रयोग गरी सामग्री ओसारपसारमा नियन्त्रणका लागि रात्री गस्तीमा  विषेश जोड दिएका छन् ।कम जनसङ्ख्याका कारण कम जोखिम, कानूनी कारबाहीको डर कम हुनु र रातको समयमा सीमा पार गर्न सजिलो हुनाले रातको समयमा तस्करहरूको गतिविधि बढी हुन्छ ।सीमामा अवैध व्यापार र राजस्व चुहावट लाई नियन्त्रण गर्दै, राष्ट्रिय अर्थतन्त्रको संरक्षणमा योगदान पुर्याउँदै सशस्त्र प्रहरी उदाहरणिय बन्दै गइरहेको छ ।

नेपालसँग जोडिएको पर्साका विभिन्न सीमाक्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती सञ्चालन गर्दै आएको छ । जस्ले गर्दा पर्साका समग्र सुरक्षा संरचनामा महत्वपूर्ण योगदान पुर्याएको छ ।