सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा वडा प्रहरी कार्यालय श्रीपुर पर्साको ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगर पर्सा र सामुदायिक आँखा हस्पिटल बिरगंज पर्सा प्रभु हस्पिटल र रुंगटा वेयल फेयर सोसाईटीको सहकार्यमा महिला, पुरुष,जेष्ठनागरीक र बालबालिकाहरुको निशुल्क आँखा स्वास्थ्य शिविर चेक जाँच कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८१/०१/२४ गते सोमबार बिहान ०८:००बजेको समयमा निशुल्क आँखा स्वास्थ्य शिविर चेक जाँच तथा निशुल्क औषधि वितरण गरिएको हो ।
उक्त कार्यक्रममा डोम बस्तिमा अवस्थित ४० घर धुरिका करिब १५० जना महिला, पुरुष,जेष्ठनागरीक र बालबालिका लगायत प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्र.उ.कुमोध ढुंगेल ज्युको उपस्थितिमा र यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साको प्र.नि. धर्मजगं थिङ्ग,बिरगंज म.न.पा. वडा न.११का वडा अध्यक्ष अजय चौरसिया, प्रभु हर्पिटलका समयोजक दिलिपराज कार्की , रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुगटा प्रभु हस्पिटल पर्साका डा. सरोज कुमार साह सामुदायिक आँखा हस्पिटल बिरगंज पर्साका समयोजक महेश सिंह धामी यश सेवा केन्द्रका ३५ जना पदाधिकारीहरु को पनि सहभागितामा कार्यक्रम ११: ०० बजेको समयमा सम्पन्न भएको ग्रिन सिटिका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिएका छन् ।
उपस्थिति तथा सहभागीहरु
१) प्र.उ.कुमोध ढुंगेल- जिल्ला प्रहरी कार्यालय पर्सा ।२) प्र.नि.धर्म जङ्ग थिङ्ग- वडा प्रहरी कार्यालय श्रीपुर पर्सा ।
३) अध्यक्ष जय प्रकाश खेतान- ग्रीनसिटी सा.प्र.से.के.आदर्शनगर पर्सा ।
४) मे.स.महेश सिह धामि- सा.आँखा हस्पिटल बि.पर्सा ।
५) समयोजक दिलिप राज कार्की - प्रभु हस्पिटल।
६) अध्यक्ष सुरेश रुँगटा - रुगटा वेयर फेयर सोसाइटी बिरगज पर्सा।
७) डा.सरोज कुमार साह - प्रभु हस्पिटल ।
८)अपटोम प्रभात चौरसिया -.आँखा हस्पिटल बि.पर्सा ।
९) सदस्य रतन टेमानि- ग्रीनसिटी सा.प्र.से.के.आदर्शनगर पर्सा ।