स्थानिय तहको नतिजा पश्चात वीरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष महम्मद रेयाज मिया तेलि जनताको लोकप्रिय बन्दै गएका छन ।

आफूलाई नेता हैन समाजसेवी को रुपमा चिनाउने तथा भन्न मनपराउँछन् । अध्यक्ष आफै वर्षामा वडा जलमग्न हुने स्थानहरुमा पुगि समस्या समाधान का निम्ति पुरिएका नाला कटान तथा आवश्यक भएका ठाउँहरूमा ह्युम पाइप जडान गर्न लगाइएको छ।

वडा स्तरिय योजना तर्जुमाका लागी वडाको विभिन्न समूदायहरूमा आवस्यक भौतिक पूर्वाधार विकासका कार्यहरु गर्नका लागी वडा अध्यक्ष लगायत सम्पुर्ण जनप्रतिनिधिहरुको टोलि द्वारा निरीक्षण गरिएको छ । प्राथमिकता को आधारमा आउदो २०७९/८० को बजेटमा काम गर्ने वडा अध्यक्षले बताउनु भयो