सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता पठाइएको छ ।

नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपति ज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।