वीरगंज भारतको सीमासंग जोडिएको पर्साको विभिन्न नाकाबाट हुने तस्करी नियन्त्रण हुने छाँटकाँट देखिएको छैन । खुल्ला सीमानाकाको फाईदा उठाउँदै तस्कर र प्रहरीको मिलेमतोमा पर्साको सदरमुकाम वीरगंज देखी ग्रामिण भेगसम्मको नाकाबाट व्यापक रुपमा तस्करीले बढावा पाइरहेको छ ।

रक्सौल बोर्डरमा सुरक्षा कर्मिको रुपमा खटिएका शसत्र प्रहरी तथा जनपत प्रहरी ले सिमा सुरक्षा गर्नुका साथै भन्सारको राजस्व संकलन मा अहम भुमिका खेलनका लागी तैनात गरिएको भए ता पनि ति खटिएका शसत्र प्रहरीहरुले तस्करहरूसंग ठुलो मात्रामा रकम लिई खुलेआम भन्सारको मुख्य नाका मेन रोडबाटै साइकल र टेम्पोमा ठुलठुला पोकामा कपडा, मोटर्सपार्टस, मेसिनरि पार्टस लगायतका महंगो सामाग्री राजस्व छलि गरि कानुन को पालना गर्नेले नै गैरकानुनी तस्करीमा अहम भुमिका खेलेको देखिन्छ । भन्सारका कर्मचारी हरूको पनि मिलोमतो रहेको देखिन्छ ।

भन्सार सशत्र प्रहरी निरिक्षक सुवर्ण बमको नेतृत्वमा खटिएको भन्सार एरिया तथा भन्सारको पूर्वपट्टि इनर्वा बास झाडी हुदै सुरक्षाकर्मिकै निगरानीमा तस्कर हरु खुलेआम तस्करी गरिरहेका छन् । भन्सार छली गरि ल्याईएको हार्डवेयर रलत्ताकपडामा मन्गय आम्दनी हुने हुँदा तस्कर गिरोहले प्रहरी प्रशासनलाई नै मिलाएर अबैध रुपमा हार्डवेयर मेसिनरि पार्टस, मोटर्स पार्टस र लत्ताकपडा नेपालतर्फ ल्याउने गरेका छन् ।

घरायसि उपयोगको लागी ल्याएको सामानमा धेरै कडाइ गर्ने र तस्करहरुको मालसामान लाइ पैसा लिइ चेकजांच नै नगरि हेर्दै नहेरेको जस्तो गर्ने स्थानिय ले पटक पटक गुनासो पोख्दै आएका छन् ।

 
भिडियोमा प्रस्टै देख्न सकिन्छ ।

भिडियोमा प्रस्टै देख्न सकिन्छ ।