नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले नागरीकता बिधेयक २०७९ संसदबाट पास गरेको उपलक्ष्यमा नेपाली कांग्रेस पर्साले धन्यवाद व्यक्त गर्दै , माईस्थान पार्कमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह छेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रम मा पुर्व मन्त्री सुरेन्द्र चौधरी ले आफ्नो मनतब्य राखदै गठबन्धन सरकार धन्यवाद दिदै भने अब गरिब को बालबच्चा नागरिकता बाट बनचित हुदैनन् सबै ले अब नागरिकता पाउने भएको बताएका छन् । कार्यक्रमको सन्चालन नेपालीकांग्रेसका जिल्ला सचीव तथा बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले गर्नु भएको थियो ।

अतिथिहरु मा नेपाली कांग्रेस का उपाध्यक्ष रामनारायण कुर्मि, पुर्व बिरगंज महानगर पालिका का उप प्रमुख शान्ति कर्कि, श्याम पटेल, हुकुम सिंह लगायत बर्तमान वडा अध्यक्षहरु सदस्यहरु को उपस्थिति रहेको थियो ।

कार्यक्रम को जानकारी बिरगंज महानगर पालिका का उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भएको थियो ।