वीरगञ्जको घण्टाघरबाट प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । ना.६ ख ३५१६ नम्बरको ट्रकमा बिल बिजकभन्दा साढे ३६ लाख भन्दा बढीको सामानहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सूचनाको आधारमा खटेका प्रहरी टोलीले मेडिकल सामग्री तथा खुद्रा सामानहरू बोकेको मालवाहक ट्रकलाई रोकी जाँच गर्दा बिल बिजकभन्दा बढी सामानहरू लोड रहेको पाइएको थियो ।

बरामद गरिएको सामानहरूको ३६ लाख ६० हजार मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।