ठूलो परिमाणमा लागु औषध सहित एक युवालाइ पर्सा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

ससशस्त्र प्रहरीले पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ३ का मन्जित महारालाइ ठूलो परिमाणमा लागु औषध सहित पक्राउ गरेको हो ।

बा ५२ प ६१४६ नम्बरको मोटरसाइकलमा भारतबाट आइरहेका महरालाइ सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथबाट ४५१ पिस लागु औषध बरामद गरेको हो । महराको साथबाट नाइट्रोभेट ३ सय पिस , डाइजेपाम ५१ पिस , नोरफिन ५१ पिस र फेनरागन ४९ पिस बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिएका छन् ।

लागु औषध सहित पक्राउ परेका महरालाइ आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।