अबदेखि महिनावारीको समयमा महिला ट्राफिक प्रहरीलाई ४दिन सडकमा ड्युटी गर्न नपर्ने गृहमन्त्री रवि लामिछानेको घोषणा गर्नुभएको छ ।उनीहरूको ठाउँमा मापसे गर्नेहरूलाई स्वयंसेवकको रुपमा खटाइने छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले १७ औं गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको सुविधाको लागि महत्त्वपूर्ण घोषणा गरेका छन्।लामिछानेले महिला ट्राफिक को स्वास्थ्यलाई मध्यनजर गर्दै अबदेखि महिनावारी भएको समयमा चार दिन ड्युटी गर्नु नपर्ने घोषणा गरेका हुन् ।

समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले 'अबदेखि महिनावारीका चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी नखटाउने गृहमन्त्री लामिछानेले लेखेका छन्'।


आज बिहान फेसबुकमा रवि लामिछानेले लेख्छन् गणतन्त्र दिवसको अवसरमा शुभकामना सहित एउटा सानो प्रयास ' अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन ।मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।

महिनावारी को समयमा महिला ट्राफिक ड्युटीमा नआएको समयमा मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयंसेवकको रुपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन् । रविको यो घोषणाप्रति सबैको सकारात्मक प्रतिक्रिया छ ।अब महिनाबारी भएको समयमा पनि महिला ट्राफिक प्रहरीहरू चर्को घाम वा पानीमा दिनभरि सडकमा उभिएर ड्युटी गर्नु पर्ने बाध्यबाट उम्किएका छन् ।

महिनावारीको समयमा मुर्छित हुने, हिँड्न गाह्रो हुने ,पेट दुख्ने जस्ता समस्या हुँदाहुँदै पनि महिला कर्मचारीहरू काममा जान बाध्य छन्।महिनावारीको समस्यालाई खासै गम्भीरतापूर्वक नलिँदा पनि उनीहरूलाई कार्यालयबाट बिदा दिँदैनन्। अब अन्य महिला कर्मचारीहरूलाई पनि महिनावारीको समयमा कम्तिमा एक दिन मात्रै भएपनि बिदा दिनुपर्ने आवाज उठिरहेको छ ।

यसभन्दा अगाडि लुम्बनी प्रदेशमा कार्यरत निजामती महिला कर्मचारीहरूले महिनावारीको समयमा एक दिन बिदा पाउने व्यवस्था  कानुन समेत पारित भएको थियो। महिनावारीको समयमा महिला कर्मचारीहरूलाई एकदिन बिदा दिने कि नदिने भन्ने विषयमा विश्वभर बहस पनि चलिरहेको छ । महिनावारी भएको समयमा पेट दुख्ने हिँड्न गाह्रो हुने ढाड दुख्ने समस्या देखिने भएकाले यस्तो अवस्थामा काम गर्न सहज नहुने भन्दै बिदा दिनुपर्ने माग धेरै महिलाहरूको छ ।

अहिलेसम्म विश्वका पाँच देशमा मात्रै महिलालाई महिनावारी भएका बेलामा बिदा दिइन्छ ।सन् १९४७ मा दोस्रो विश्वयुद्धपछि जापानले नयाँ श्रम कानुनमा महिनावारी बिदा पनि समावेश गरेको थियो । साथै सन् १९४८ मा इन्डोनेसियामा पनि महिनावारी बिदा सुरु भएको थियो ।त्यसपछि धेरै देशले महिलालाई काममा हुने समस्यालाई ध्यान दिँदै उनीहरूलाई बिदा दिने व्यवस्था गरेको थियो। अहिलेसम्म अस्ट्रेलिया,चीन,रुस,ताइवान,बेलायत,दक्षिण कोरिया र भारत जस्ता देशले महिनावारीका समयमा बिदा दिइरहेका छन् ।

नेपालमा पनि महिनावारीको समयमा बिदा दिइने पर्ने माग उठिरहेको छ।गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिला प्रहरीलाई बिदा दिएर यसको सुरुवात गरेका छन् ।