बिरगंज महानगरपालिका वडा नं ८ मा स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ आज एक समारोहका विच प्रशिक्षक/गुरु तथा राष्ट्रिय रेफ्री नसिम अहमद ले बरकत डोजो / कराते को समुदघाटन गरेका छन् ।

बिरगंज महानगरपालिका वडा नं ८ का ४६ जना बालबालिका हरु लाइ निशुल्क रुपमा आज देखि कराते/ डोजो शुभआरंभ गरिएको नसिम अहमदले बताए । 


सो समुदघाटन कार्यक्रमको सभापति मा नसिम अहमद, प्रमुख अतिथि मा नेपाल कराते संघका वरिष्ठ प्रशिक्षक सुरेन्द्र श्रेष्ठ , विशिठ अतिथि मा बिरगंज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता, विशिष्ट अतिथी मा तेक्वान्दो का गुरु महम्मद सकिल , अतिथि बिरगंज महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष महबुब एलाहि , अतिथि जसपा का केन्द्रिय सदस्य फिरोज मन्सुरी, अतिथि नेपाल कराते महासंघका अध्यक्ष राजेश्वर शाह , कराते संघका संतोष सराफ लगायत स्थानीय जनसमुदाय को सहभागिता रहेको थियो ।