१० असार बीरगञ्म -मधेस प्रदेशको आठौँ जिल्लाको राजधानी जनकपुर नगरी अहिले असारे विकास वजेट सकाउनमा व्यस्त देखिन्छ ।

मधेस सरकार मातहत आएसँगै जनकपुरको प्रादेशिक अस्पताललाई मधेस प्रदेशमै नमुना अस्पतालको रूपमा रूपान्तरण गर्ने थुप्रै ठेकेदार झोले नेताहरू आए । तर  अहिले वर्तमानको अवस्था हेर्दा जनकपुरको प्रादेशिक अस्पतालको रूपान्तरण र विकासको नाममा शून्य रहेको छ। 



मधेश आन्दोलन पछि देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति पश्चात मिति २०७६/०६/१४ गते को मन्त्रिपरिषद्को निर्णयबाट अंचल अस्पतालको नाम परिवर्तन गरि प्रादेशिक अस्पताल जनकपुर नामकरण गरियो | झन्डै ६० लाख बढी जनसंख्या भएको यस प्रदेशमा यो एक मात्र प्रादेशिक अस्पताल हो |तर अहिले जनकपुरधामको प्रादेशिक अस्पतालको अवस्था यस्तो दैनीय रहेको छ अरु केही लेखु भन्दा पनि तस्बिर आफै बोल्छ।


थुप्रै बजेट आउँछन् थुप्रै बजेट विनियोजन हुन्छन् तर त्यो बजेटहरूको उपयोग र  उपभोग कसले गर्छ ।जनता माझ शिक्षा र स्वास्थ्यका नाममा ठुलै षड्यन्त्र गरेर यी नेताहरुले आफ्ना व्यापारीकरण गर्दै आइरहेका छन् ।

लामो समय भयो जनमानसले सूर्यको ताप खेपिरहेको ।कहिले पर्ला भनेर आशमै गर्मीमा जीवन व्यतित गरिरहेको तर असार मसान्तमा हल्का बरसात हुने बित्तिकै जनकपुरको प्रादेशिक अस्पतालको अवस्था यस्तो रहेको छ।


झनै सावन र भदौ आउन बाँकी नै छ !

विगत लामो समयदेखि राजनीतिक दलहरूद्वारा जनताहरूलाई झुक्याइरहने चलन एक नेतादेखि अर्को नेतामा परापूर्व कालदेखि चल्दै आइरहेको छ।एक नेताले कतिसम्म सक्दो जनतालाई झुक्याउँछन् त्यो हेर्दाहेर्दै अर्को जनप्रतिनिधिले त्योभन्दा बढी नै कसरी जनतालाई झुक्क्याउन सकिन्छ भनेर पुरै अध्ययन गरेर आउने गर्छन् ।

"एक मलाई भोट दिनुस् नेपाल बदलिन्छ। अर्कोले भन्छ मलाई भोट दिनुस्  समाज बदलिन्छ।समय बदलिए, परिवेश बदलिए ,राजा बदलिए ,राजनेता बदलिए तर जनतालाई ठगिने तरिका अहिले पनि पुरानै रहेको छ ।

मधेश आन्दोलन पछि देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको हो कि मधेसलाई लुट्ने नयाँ नयाँ ठेकेदारको आगमन भएको हो।