बीरगञ्ज - लामको रतुआ नदीमा आएको बाढीले एसयूभी बगाउँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ इलामको चुलाचुली गाउँपालिका–५ चापेतीस्थित दमक लरुम्बा भित्री फोहोर सडकमा रहेको दमकबाट मङ्गेबुङतर्फ जाँदै गरेको एसयूभी रतुआ नदी तर्ने प्रयास गर्दा अचानक आएको बाढीले बगाएको हो ।
बाढीले बगाएर इलामको मङ्सेबुङ गाउँपालिका–५ की ३० वर्षीया शर्मिला बनेम र मङ्सेबुङ–३ निवासी निरु लिम्बुका ३ वर्षीय छोरा निहाङ लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइते निरु लिम्बुको हाल उपचार भइरहेको छ ।
Lu1Cha 9491 डबल क्याब बोलेरो एसयूभी नदीले बगाउँदा चालकसहित तीनजनाले हाम फालेर आफूलाई बचाउन सफल भएका छन् ।